बाटोमा हिँड्दा ठोक्किएको निहुँमा धिमालको हत्या

काठमाडाैं | बैशाख ३०, २०८१

बाटोमा हिँड्दा ठोक्किएको निहुँमा धिमालको हत्या सांकेतिक तस्वीर

काठमाडौं:     काठमाडौंको बत्तीसपुतलीमा सामान्य विवादबीच मोरङका २४ वर्षीय शम्भु धिमालको हत्या गरिएको खुलेको छ । शनिबार राति बत्तीसपुतलीको मुख्य सडकमा उनीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।


हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारजना नै १७ वर्षमुनिका किशोर छन् । घटना हुँदा शम्भुसँगै उनका एक साथी समेत रहेका प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।


 

यो पनि पढ्नुहोस

 


विपरीत दिशाबाट आउँदै गरेका चारमध्ये एक किशोरसँग शम्भुको कुम ठोक्किएको थियो । सोही विषयमा विवाद हुँदा अर्का एक किशोरले आफ्नो साथमा बोकेको चक्कुले अन्धाधुन्ध प्रहार गरेर हत्या गरेको खुलेको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।


चार किशोरमध्ये तीनजनाले मदिरा सेवन गरेको समेत खुलेको छ । उनीहरू बत्तीसपुतलीकै स्थानीय हुन् । उनीहरू कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थी रहेको खुलेको प्रहरीले जनाएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्