अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
चितवन | बैशाख ३०, २०८१
चितवन: अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।
भरतपुर कल्याणपुरमा रहेको स्कूलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेका बताइन्छ । उनिहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।
प्रध्यानाध्यापक न्यौपाने कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । स्मल हेभन काठमाण्डूको लिटल एन्जल्सको सकन्वयमा चलेको स्कुल हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

