पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

पाेखरा | बैशाख २३, २०८१

पोखराको हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

पोखरा:   पोखरा महानगरपालिका-१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु  भएको छ । 


हर्पन खोलामा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालक सोनम सुवेदीको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


स्याङ्जाकोआँधीखोला गाउँपालिका-३ स्थायी घर भई पोखरा मालेपाटन बस्दै आएका सुवेदी साथीसँग हर्पन खोलामा पौडी खेल्न गएका थिए । 


हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुवेदीलाई सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको गोताखोरको टोलिले मृत फेला पारेको थियो । 


खोलामा मृत भेटिएका उनको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्