‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’

पोखरा वडा नं. १५ अपाङ्गतामैत्री, वडामा अपाङ्गता भएका व्यक्ति २११ जना

पाेखरा | जेठ ५, २०८१

‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ ।


सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय पत्रको पहू्ँचमा नपुग्दा सरकारी लाभबाट वञ्चित हुनूजस्ता कारणले पनि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था अझै कमजोर रहेको एक प्रतिवेदनले औंल्याएको छ ।


बालहितकारी परियोजना नेपालले पोखरा वडा नं. १५ भरका अपांगता भएका व्यक्तिहरु पहिचान गरी विभिन्न प्रश्नको जवाफ लिएर प्रतिवेदन तयार गरेको हो । वडाभर २११ जना अपांगता व्यक्ति रहेको परियोजनाले जनाएको छ ।


पोखरा वडा नं. १५ को आयोजना, पोखरा महानगर स्तीय अपाङ्गता सञ्जाल कास्कीको सहकार्यमा परियोजनाले एक कार्यक्रम आयोजना गरी सर्वेक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । परियोजनाका कार्यवाहक अध्यक्ष रामचन्द्र शर्माले पोखरा महानगरपालिकाकी उपप्रमख मञ्जुदेवी गुरुङ र वडा नंं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँलाई प्रतिवेदन हस्तान्तरण गरे ।


उपप्रमुख गुरुङले आफूले अघिल्लो कार्यकालमै उपप्रमुखसँग महिला कार्यक्रमलाई अपाङ्गता भएकाहरुसमेत जोडेर उनीहरुको हितमा अघि बढेको बताउँदै अब पनि अपाङ्ता भएका व्यक्तिहरुका लागि सक्दो गर्ने बताइन् ।


हालसम्म पोखरा महानगरमा आधिकारिक तथ्यांक अनुसार १ हजार ७ सय ७ जना रहेपनि पोखरा १५ को यो प्रतिवेदनको हिसाबले ३३ वटा वडामा धेरै जना थपिन सक्ने बताइन् । ‘महानगरको तथ्यांकमा यति देखिएको परिचयपत्र लिन आउनेको गणना गर्दा हो । परिचयपत्र नै लिन नआएका, थाहा नभएका पनि यस प्रतिवेदनबाट देखियो । अझै बढी संख्यामा अपाङ्गता भएको व्यक्तिहरु हुनुहुन्छ भन्ने देखियो ।’ – उपप्रमुख गुरुङले भनिन्– ‘अपाङ्गता भएका व्यक्तिलाई वर्ग अनुसारको परिचय पत्र प्रदान गरी आवश्यक सीप तालिम, सहयोगका लागि म तयार छु।’


उनले पोखरा १५ ले निकै गहिराईमा पुगेर सर्वेक्षण गरी ३३ वडामा पहिलो वडा बनेकोमा बधाई दिँदै अन्य वडालाई पनि प्रेरणा प्रदान गरेको बताइन् ।


पोखरा १५ का अध्यक्ष तोरण बानियाँले भौतिक पूर्वाधारको विकासले मात्र वडा समृद्ध नबन्ने भन्दै हरेक वडाबासीको मानवीय विकास प्रमुख कुरा रहेको बताए । उनले वडामा रहेका अपांगता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको आत्मसम्मानपूर्ण व्यवस्थापनका लागि लागिपर्ने बताए ।


‘पहिले नै जग्गा खोज्ने काम गरेका हौँ । अपायक स्थानका कारण मूर्त रुप पाएन ।’ बानियाँले भने– ‘उहाँहरुलाई पायक पर्ने ठाउँमा जग्गा खोजी गरेर भौतिक पूर्वाधार निर्माणसँगै आवश्यक तालिम र सीप प्रदान गरी साना उद्योगबाट स्वआर्जन हुने गरी वातावरण तयार गर्न लागिपरेको छौँ ।’


बालहितकारी परियोजनाका रामचन्द्र शर्माले पोखरा १५ को अनुरोधलाई स्वीकार गरी घरघर पुगेर वास्तविक तथ्यांक संकलन गरेको बताए । कार्यक्रममा पोखरा महानगर स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष गंगाबहादुर खड्का, बालहितकारी परियोजनाका झलक भुजेललगायतले बोलेका थिए ।

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्