प्रतिपक्ष दलले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाई
काठमाडाैं | जेठ ४, २०८१
काठमाडौं: प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ। शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलोगरी सुरु हुने भएको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि संसद् बैठक आजका लागि स्थगित गरिएको थियो।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ।
समिति बनाउन दलहरू तयार भएपनि टीओआर ९कार्यादेश० कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा दलहरूबीच थप समस्या उत्पन्न भएको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

