जंगलमा डडेलो लगाउँदै हिंड्ने पक्राउ
रामेछाप | बैशाख १७, २०८१
रामेछाप: रामेछापको रामेछाप नगरपालिका वडा नं.३ हिमगंगाको विभिन्न जंगलमा आगो लगाउँदै हिंड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरको छ ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै हिडेका स्थानीय सुवास महतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । स्थानीयहरुको सूचनाका आधारमा जंगलको ठाउँ ठाउँमा आगो लगाउँदै हिडेका महतलाई प्रहरीले पक्राउ गरि वन कार्यालयलाई जिम्मा लगाएको छ ।
जिल्लाका अधिकांश जंगलहरुमा डडेलो लागिरहको बेला कालिकादेवी सामुदायिक वनका उपभोक्ताहरुले भने जंगलमा आगो लगाउनेको पहिचाहन गरेर प्रहरीलाई खवर गरेका थिए । पक्राउ परेका महतलाई वन ऐन अनुसार कारबाहि हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

