नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

काठमाडाैं | बैशाख १६, २०८१

नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो १६१ रनको लक्ष्य

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ६१ रनको लक्ष्य पेश गरेको छ । 


वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।  


सुरुवात देखि नै लगातार अन्तरालमा विकेट गुमाएको वेस्ट इन्डिजले पहिलो खेलमा जस्तो आक्रामक ढंगले ब्याटिङ गर्न भने सकेन ।  


आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए ।


तेस्रो र चौथो नम्बरमा क्रिजमा पुगेका आन्द्रे फ्लेचर र कप्तान रोस्टन चेज मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडेका थिए । चेज २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर १०औ ओभरको अन्तिम बलमा कुशलद्वारा बोल्ड भएका थिए ।   


१४औ ओभरमा केसी कार्टीलाई आउट गर्दै कुशलले नै नेपाललाई चौथो सफलता दिलाए । केसी १६ बलमा १० रन बनाएर नेपालका कप्तान रोहित पौडेलद्वारा लङ(अनमा क्याच आउट भएका हुन् ।   


पाचौँ सफलता सोमपाल कामीले १७औ ओभरको पहिलो बलमा दिलाए । पाचौ विकेटका रुपमा किमो पल १० बलमा ८ रन बनाएर सोमपालको बलमा बोल्ड भए । १८औ ओभरमा हेडन वाल्सलाई ९ रनमा रोहितले रनआउट गराए । उनले ७ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।  


सोहि ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरिले लङ(अफमा कप्तान रोहितद्वारा क्याच आउट गराए । 


नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २(२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए । आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा लिएनन् ।   


नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । 


वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्स जुनिअर टोलीमा आएका छन् ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्