मानब बेचबिखन मुद्धामा फरार जंगबहादुर २६ वर्षपछि पक्राउ

नुवाकोट | बैशाख १४, २०८१

मानब बेचबिखन मुद्धामा फरार जंगबहादुर २६ वर्षपछि पक्राउ

नुवाकोट:    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई रहेका छन् ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले  तादी गाउँपालिका–४ सातबिसेबाट बुधबार पक्राउ गरेको हो । 

 

फरार रहेका जंगबहादुलाई मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिन कैद फैसला सुनाएको थियो ।

 

त्यसपछि उनी फरार थिए ।

 

हाल पक्राउ परेका उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्