गण्डकी प्रदेश स्क्वास र्याकेट संघको अध्यक्ष रञ्जित सर्वसम्मत
पाेखरा | बैशाख १४, २०८१
पोखरा: गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् ।
संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो ।
यसैगरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए ।
कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए ।
यस अघि प्रथम अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले खेल संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषद प्रयासरत रहेको जनाउँदै अवको आफ्नो अभियान दशौं राष्ट्रिय खेलकुद प्रतियोगितातर्फ लक्षित रहेको जनाए ।
यूवा खेलाडी उत्पादन गर्न परिषद खेल संघहरु संग सहकार्य गर्न तयार रहेको जनाउँदै संघहरुले आफ्ना वार्षिक कार्यक्रम तथा योजनाहरु समेत अघि सार्न आग्रह गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख सुन बहादुर लामा, स्क्वास र्याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरेलगायतले आफा्ना भनाई राखेका थिए ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष रञ्जितले आफ्नो कार्यकालमा स्क्वास खेलको विकासका लागि सबै संग सहकार्य गर्दै वार्षिक रुपमा विभिन्न प्रतियोगिताहरुको आयोजना एवं खेलाडी उत्पादनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संस्थाका महासचिव बस्नेतले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

