जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलाली | चैत २७, २०८०

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु सांकेतिक तस्वीर

कैलाली:     जंगली हात्तीको आक्रमणमा परेर आज टीकापुरमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५ की जसुदा बटाला रहेकी छन । 


उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । 


मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । 


यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका  छन ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्