बच्चादेखि बुढासम्म झल्कियो संस्कृतिमोह (तस्बिरहरु)
वर्षमा २ पटक मनाइन्छ ट्होटें
पाेखरा | चैत २७, २०८०
पोखरा: कास्कीका तमु (गुरुङ) समुदायले आज ट्होटें पर्व मनाएका छन् । कास्कीको विभिन्न स्थानसँगै गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पोखरा बस्दै आएका गुरुङ समुदायले आज ट्होटें पर्व मनाएका हुन् ।
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तमु धिं नेपालको भवनबाट ट्होटें पर्वको अवसरमा झाँकी ¥यालीसहित नयाँबजार, लखनचोकहुँदै पोखरा सभागृहमा गएर औपचारिक कार्यक्रममा परिणत भयो
हरेक वर्षको साउन महिना र चैतको अन्तिम मंगलबारका दिन उधौली र उभौलीका रुपमा तमु जातिले वर्षमा २ पटक ट्होटें पर्व मनाउने प्रचलन छ ।
तमु (गुरुङ) भाषामा ट्हो को अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
परापूर्वकालमा तमु राज्यमा बसोबास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो (क्षेत्र)को संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ ।
परापूर्वकालमा आफ्नो राज्यमा शत्रुको प्रवेश रोक लागाउने र आएकालाई लखेट्नका लागि ट्होटें खेल्ने गरेको अग्रजहरु बताउँछन् । तर अहिले आएर परिवर्तित समयानुसार एकताको सन्देशसहित ट्होटें पर्व मनाउने गरेको तमु धि नेपाल युवा समितिका अध्यक्ष रमेश गुरुङ बताए ।
पहिलो हरेकको घरघरमा पसेर ढ्याङ्ग्रो थाल लगायतका घरेलु सामान बजाएर धुवा बालेर भुत प्रेत वा बैरी लखेट्दै ट्होटें खेल्ने गरिन्थ्यो । तर वि.स. २०५२ सालदेखि पोखरामा सामुहिक रुपमा शक्ति प्रदर्शन गर्दै ¥यालीसहित ट्होटें पर्व मनाउने गरिएको छ ।
तमु समुदायको छाता संस्था तमु धि नेपालले आयोजना गर्ने सो कार्यक्रममा सयौंको सँख्यामा सहभागिता हुदै आएको छ । जुन र्यालीमा बालबालिकादेखि बृद्धबृद्धाहरुको संस्कृतिमोह देख्न सकिन्छ ।
थप तस्बिरहरु:-
काठमाडौं: गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्...
पोखरा महानगरपालिका १५ को समन्वयमा वडा भित्रका विपन्न १७ परिवारका ८५ जनालाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ । पोखरा कम्युनिटी सेन्टरको सहयोगमा आज वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै विपन्न ...
काठमाडौँ: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्ध...