पोखरामा घर नक्साको फाइल चोरी गरेको आरोपमा २ जना प्रकाउ

पाेखरा | चैत १४, २०८०

पोखरामा घर नक्साको फाइल चोरी गरेको आरोपमा २ जना प्रकाउ

पोखरा:   पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको चाँबी फुटाएर महानगरपालिकाको ३९ थान कागजात चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई प्रकाउ गरेको हो । 

चा्ेरी भएको सरकारी कागजात

लमजुङ स्थायी घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सुबिर थापामगर र २९ वर्षीय सरोज थापामगरलाई चोरी भएको ३९ थान नक्साका फाइलसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक   सुर्यबहादुर रानाले जानकारी दिए । 

 

फागुन १२ गते पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको ताला फुटाएर सरकारी फाइलहरु चोरी भएको सूचनापछि अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्