श्रीमानको हत्यापछि घटना लुकाउन प्रेमीलाई ९० हजार !, सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर हत्या

पाेखरा | चैत ९, २०८०

श्रीमानको हत्यापछि घटना लुकाउन प्रेमीलाई ९० हजार !, सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर हत्या

पोखरा:    सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङ पेशाले स्काभेटरको चलाउथे । सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा स्काभेटर चलाउँदै आएका तामाङ चैत १ गते कामका लागि मादी गाउँपालिकामा ३ जना साथीसँग आए । 


मादी गाउँपालिकामा अहिले हाइड्रोपावर निर्धाणाधिन छ । गएको फागुन अन्तिम हप्ता घरमा आमा बुवालाई सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर निस्किएका रामबहादुर तामाङ ३ जना साथीसँग फागुन ३० गते सिक्लेसस्थित निर्माणाधिन हाइड्रोपावरमा काम गर्न  काठमाडौंबाट रात्रीबस चढे ।


उनी सँगै आएका मध्ये धन लामालाई रामबहादुरकी श्रीमती कान्छी लामाले रामबहादुरको हत्या गर्न सुपारी दिएका थिए । 


मृतक रामबहादुरकी श्रीमती कान्छी लामा तामाङको योजना अनुसार धन लामाले सिक्लेसमा उनको हत्या गरेको पुष्टि गर्दै हत्या आरोपी ४ जनालाई  आज सार्वजनिक गरेको छ ।


सिन्धुपाल्चोकमा योजना सिक्लेसमा हत्या


चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५÷३० मिटर तल एक पुरुषको शव भेटिएको सूचना वडाध्यक्ष हुँदै कास्की प्रहरीले पायो । 


शव भेटिएको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र नेपाल प्रहरी गण्डकी प्रदेश पोखराबाट खटिएको प्रहरीको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्दे बस्ने ३६ वर्षीय रामबहादुर तामाङ रहेको पुष्टि ग¥यो ।


शवको अवस्थामा हेर्दा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । 


हत्या गरिएको अवस्थामा भेटिएका मृतक रामबहादुरसँग तीन जना साथीहरु रहेको सूचना पाएको कास्की प्रहरीले उनीहरुको खोजी कार्य अगाडि बढाउँदा विभिन्न जिल्लाबाट तीनजनासहित उनको श्रीमतीलाई प्रकाउ गर्न सफल भएको बिकले बताए । 


उनका अनुसार रामबहादुरको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा धन लामा, नविन तामाङ भन्ने फुर्वा लामा, अजित तामाङ भन्ने छे दोर्जे लामा र मृतक रामबहादुरकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङ रहेका छन् ।


मृतक रामबहादुरकी श्रीमतीले श्रीमानसँग अलग भएर बस्ने योजना बनाएको र धन लामालाई त्यसको जानकारी दिएको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीका डिएसपी विकले बताए । 


‘रामबहादुरकी श्रीमतीले श्रीमानसँग छुट्टिएर बस्ने योजना बनाएको र रामबहादुरको हत्या गर्न धन लामालाई कान्छी तामाङले केही रकम दिनसमेत तयार भएको अनुसन्धानमा खुल्न आएको छ,  डिएसपी विकले भने, ‘मृतक रामबहादुरले सिन्धुपाल्चोकको हाइड्रोपावरमा काम गर्ने क्रममा धन लामालाई पछाडीबाट ढुङ्गा प्रहार गरी घाइते बनाएको रिसिबी लिएको अनुसन्धानमा खुलेको छ ।’ 


सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिरा सेवन हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट ढुङगा प्रहार गरेर हत्या गरेको खुल्न आएको उनले बताए । 


‘सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिसा सेवन गरेर हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट रामबहादुरको टाउको ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।’ डीएसपी विकले भने । 


रामबहादुरको हत्या पश्चात अन्य २ जनाले घटना देखेकाले घटना लुकाउन रामबहादुरको श्रीमतीलाई केही रकम पठाउन आग्रहसमेत गरेको अनुसन्धानमा खुल्न आएको डीएसपी विकले बताए । 


‘हाइड्रोपावरमा काम गर्न जाने क्रममा रामबहादुरको हत्या गरेका धन लामाले हत्या गरेको अरु २ जनाले देखेकाले घटना लुकाउन पैसा चाहिएको मृतककी श्रीमतीलाई भनेका छन, उनले भने, ‘धन लामाले घटना लुकाउन पैसा मागेपछि मृतककी श्रीमतीले लामाको इ–सेवा खातामा ९० हजार रुपैयाँ पठाएको खुल्न आएको छ ।’


मृतककी श्रीमती कान्छी लामा तामाङले धन लामाको खातामा पठाएको ९० हजार मध्ये छे–दोर्जे लामा र फुर्वा लामालाई २०÷२० हजार दिएर बाँकी ५० हजार रुपैयाँ धन लामाले राखेको प्रहरीले जनाएको छ । 


हत्या आरोपमा प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


श्रीमान श्रीमतीबीच ५ वर्षदेखि मनमुटाव


मृतक रामबहादुर तामाङ र उनकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङबीच ४÷५ वर्षदेखि मनमुटाव देखिएको प्रहरीले जनाएको छ । 


श्रीमान श्रीमतीबीच मनमुटाब भएकाले छुट्टाछुट्टै बस्दै आएपनि श्रीमानले २ वर्ष अगाडि अर्को बिहे गरेको थाहापाएपछि श्रीमती कान्छी लामाले अदालतमा बहुबिबाहको मुद्धासमेत हालेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानबाट खुल्न आएको बिकले बताए । 


मृतक रामबहादरर बहुबिबाह मुद्धामा ६/७ महिना कारागार बसेर निस्किएपछि उनीहरुबीच रिसिबी र झगडा हुने गरेको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्