कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: सेमिफाइनल समिकरण पूरा

पाेखरा | चैत ८, २०८०

कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: सेमिफाइनल समिकरण पूरा

पोखरा:     पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 


बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’  र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे । 


अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ  । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ । 


आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने ।

 
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन मेमोरियललाई ४–१ गोलले पराजित ग¥यो । गार्डेन ‘ए’ को जीतमा उत्कृष्ट प्रर्दशन गरेका बिनोद गुरुङ म्यान अफ द म्याच बने । 


यस्तै तेस्रो क्वाटरफाइनल खेलमा लेकसाइड पहेंलोले एट टु नाइनलाई ३–० गोेलले पराजित ग¥यो । लेकसाइड पहेंलोको जीतमा उत्कृष्ट प्रर्दशन गरेका गोविन्द थापा म्यान अफ द म्याच बने । 


पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो । 

सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै  उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।


विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५  सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्

पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

थप पढ्नुहोस्