सिक्लेसमा माघी मेला: छेलो प्रतियोगितामा पर्वतका मिलन विजयी

पाेखरा | माघ २, २०८२

सिक्लेसमा माघी मेला: छेलो प्रतियोगितामा पर्वतका मिलन विजयी

पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । 


माघी मेलाको अवसरमा सभा युला सभाथर  परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। विजेताले सुनारले रु ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।


त्यस्तै, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उपविजेता भएका उनले ४० हजार नगद पुरस्कार प्राप्त गरे । 


आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।


प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।


परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्