धम्पुस उत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख

पाेखरा | फागुन २८, २०८०

धम्पुस उत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुने भएको छ । मिलन युवा क्लबले पोखरामा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै धम्पुस उत्सवको बारेमा जानकारी दिएको हो । 


माछापुच्छ«े गाउँपालिका–७ को संयोजन र मिलन युवा क्लबको आयोजनामा फागुन ३० देखि चैत ३ गतेसम्म धम्पुस उत्सव हुन लागेको हो । 


धम्पुस उत्सव २०८० मा कास्की जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता, टोलस्तरीय प्रौढ भलिबल, सामुहिक नृत्य लगायतका कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ललित पुनले जानकारी दिए । 


‘मिलन युवा क्लबले विगतदेखि नै विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ’, अध्यक्ष पुनले भने, ‘यसपटक वडा कार्यालयसँग संयोजन गरेर धम्पुस उत्सव २०८० फागनु ३० देखि ३ गतेसम्म सञ्चालन गर्न लागेका हौं ।’


उनका अनुसार धम्पुस उत्सवमा आयोजित अन्तर कास्की वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र सेमिफाइनलमा पराजित हुने २ टिमले १०÷ १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ५ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । 


यस्तै क्लबस्तरीय महिला भलिबलतर्फको विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबलमा सहभागिता जनाउन एक टिमलाई ३ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विधागततर्फ सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही २५÷२५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


कार्यक्रममा माछापुच्छ«े गाउँपालिका–७ का टोलस्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले खसी र उपविजेताले बोका पुरस्कार पाउनेछन् । यस्तै सामुहिक महिला नृत्य प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने समूहले समानः १५, १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


 यस्तै पुरुष रस्साकस्सी प्रतियोगिताको विजेता, उपविजेताले १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पुरुष छेलो प्रतियोगिताको विजेताले ५ हजार र उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

पोखरा:   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे ।  महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी ...

थप पढ्नुहोस्

पोखरा: पोखराको सेन्ट मेरीज स्कुलमा आयोजित १९ औं राष्ट्रिय विद्यार्थी गुणीय चक्रको सम्मेलन जारी रहेको छ ।   कार्यक्रमको दोश्रो दिन मनशा स्मृति सर्व गुणीय व्यक्ति पुरस्कार छनौटका लागि पहिलो चरणबाट छनौट भएक...

थप पढ्नुहोस्

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्