पर्वत र बनौ बास्केटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश

पाेखरा | फागुन २४, २०८०

पर्वत र बनौ बास्केटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश

पोखरा:    पुन एकता क्लब पोखराको आयोजनामा मंगलबारदेखि सुरु भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वत र बनौ बास्केटबल टिम सेमिफाइनल प्रवेश गरेको छ ।  


रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा भएको पहिलो क्वार्टरफाइनल खेलमा पर्वतले क्याङ बास्केटबल टिमलाई ४७–३७ स्कोरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । दोस्रो सेमीमा बनौले ताङतिङलाई ६७–३८ स्कोरले पराजित गरेको क्लबका सदस्य राजेन्द्र पुनले जानकारी दिए । 


बिहीबार नै भएको क्वार्टरफाइनल खेलमा पर्वत, ताङतिङ, बनौ र नदीपुर विजयी भएका थिए । तेस्रो दिनको पहिलो खेलमा पर्वत बास्केटबल टिमले बौद्धलाई ६६–५६ ले हरायो । ताङतिङले काठमाडौंको बलर्स एकेडेमीलाई ४९–४२ स्कोरले पराजित ग¥यो । 


अर्को खेलमा मर्दीखोला ओरेन्जलाई बनौले ६५–३४ ले जित्यो । अन्तिम क्वार्टरफाइनल खेलमा नदीपुरले गलेश्वरलाई ६७–३३ ले पाखा लगायो । मर्दीखोल मरुन र नागीबिचको खेल वर्षाका कारण हुन नसकेको उनले जानकारी दिए । 


फागुन २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले जानकारी दिए । जसअन्तर्गत भेट्रान्सतर्फ ६, पुरुषतर्फ १९ र महिलातर्फ ७ टिमको सहभागिता रहेको उनले बताए । 


प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । 


भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । 

पोखरा:   पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय बैदामबा...

थप पढ्नुहोस्

पोखरा:    गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ ।  नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बना...

थप पढ्नुहोस्

काभ्रे: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पञ्चवर्षिय परिलक्ष्य सहित एक दिने कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ ।  महासंघले आर्थिक सामाजिक समृद्धिको आधार, स्वदेशी रत्न आभुषणको विस्तार” भन्ने मूल...

थप पढ्नुहोस्