पोखरा आर्ट ग्यालरीमा प्रदर्शनी सुरु

प्रदर्शनी २३ गतेसम्म चल्ने

पाेखरा | फागुन २०, २०८०

पोखरा आर्ट ग्यालरीमा प्रदर्शनी सुरु LENS: RADHIKA KANDEL

पोखरा:  पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । 

 

नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो । 

 

गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप समाग्री सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ । 

 

सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । 

 

सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

'सामाजिक रुपान्तरण, ललितकलाको अभियान' भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

 

अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ । 

 

समापनको दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम समेत गरिनेछ । यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ ।

 

देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम आयोजना भएकोले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा रहेको छ । प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ । 

 

सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दूई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।

 

यसका अलावा प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । 

 

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।

 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफुहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए ।

 

‘जाती जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवाद बाहेक घरभित्र थन्कीएको छ, समुदायमा थन्कीएको छ, सुषुप्त हुन थालेको छ,  त्यसलाई पुनर्जागरण  गर्ने भनेका छौं’ उनले भने ।
 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्