खिलाङका महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम

कास्की | फागुन २०, २०८०

खिलाङका महिलालाई नेतृत्व विकास तथा उद्घोषण तालिम

पोखरा:  मादी गाउँपालिका वडा १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ । 

 

वडा १ को आयोजनामा बुधबारदेखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । 

 

समापन कार्यक्रममा बोल्दै वडा १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको बताउदै त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भुमिकामा सक्षम बनाउने प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । 

 

उनले वडाबासीले आफुलाई जिताएर पठाएकोले वडा भित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको सुनाए ।  उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भुगोलमा पु¥याउन हरपल पर्यत्न गरिरहेको बताए । 

 

यस्तै खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने खिलाङका महिलाहरुको समस्यालाई सम्बोधन गरी ३ दिने नेतृत्व तालिम आयोजना गरेकोमा धन्दवाद व्यक्त गरिन् ।

 

उनले  आगामी दिनमासमेत सिपमुलक तालिमहरु पनि प्रदान गर्न आग्रह गरिन् ।  यस्तै ६९ वर्षकी चिज कुमारी गुरुङ रविना विक लगायतले तालिमपछि अनुभव सुनाएकी थिइन् ।

 

सो तालिममा दलित र गुरुङ समुदायका गरि ५० जना भन्दा बढी सहभागी महिलाहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएकी थिइन् । 

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ...

थप पढ्नुहोस्

सिन्धुली:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन ...

थप पढ्नुहोस्

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा व...

थप पढ्नुहोस्