फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

पाेखरा | फागुन १५, २०८०

फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । 


नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन भन्दै मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् । 


फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासङ्घका सबै समितिमार्फत माग गरिएको थियो । त्यसैको स्मरण गर्दै फोनिज गण्डकीले पुनः स्मरणपत्र बुझाएको हो । 


२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको स्मरणपत्रमा उल्लेख गरिएको छ । त्यसपछि, २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेको पनि पत्रमा छ । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको स्मरणपत्रमा उल्लेख छ ।


सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो । अल्टिमेटममा ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गरिएको छ । माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी पनि गराएको छ । 


नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोनिजको माग सहितको अल्टिमेटम र स्मरणपत्र तत्काल केन्द्रमा पठाउने बताए । सत्य लुकाएर लुक्न नसक्ने उनको भनाई थियो । केन्द्रले अझै गहन अनुसन्धान गरेर यसका बारेमा निर्णय गरेपछि सोही अनुसार अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।  


फोनिजले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई  पत्र बुझाएको हो । मंगलबार जिल्ला शाखा र प्रदेश शाखाहरुले स्मरणपत्र बुझाएको छ । 

पोखरा:    दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु  घाइते भएका छन् ।  दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक...

थप पढ्नुहोस्

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी...

थप पढ्नुहोस्

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ...

थप पढ्नुहोस्