मगर दिवस: पोखराको सडकमा घन्कियो ‘कान राहा र झाभुरा’ (तस्बिरहरु)

पाेखरा | फागुन १५, २०८०

मगर दिवस: पोखराको सडकमा घन्कियो ‘कान राहा र झाभुरा’ (तस्बिरहरु)

पोखरा:   ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा एकताको आज देशभरबाट दिइयो । 

 

सो अवसरमा पोखरामा पनि मानव अधिकार चोकमा मगरहरु भेला भएर सभागृह हलमा पुगेर भव्य कार्यक्रम आयोजना गर्दै यसपटकको ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइयो । 

 

 

नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगरहरुको जभघट भयो । 

 

मानव अधिकार चोकबाट सुरु र्यालीमा मगर समुदायको निकै लोकप्रिय र प्रचलित भाकाहरु घन्किए ।

 

तनहुँ, स्याङ्जा तथा पाल्पा जिल्लामा प्रचलित कौडा (कान राहा, हामी आयौ) झाब्रे सालैजो(झा भुरा, धुलो उड्यो) पुन मगरहरुको मौलिक नाच सडकमै प्रस्तुत भए । यस्तै मारुनी, ठाडो भाका, चुट्का र्यालीमा घन्कियो ।  जहाँ मिस मगर नेपाल लगायतकोसमेत सहभागिता रहेको थियो । 

 

हेर्नुहोस् सुनगाभा न्यूजको लेन्समा कैद तस्बिरहरु:-

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्