सराङकोटमा कफि खेती तालिम

पाेखरा | फागुन १५, २०८०

सराङकोटमा कफि खेती तालिम

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १८ मा भावना सामुदायिक कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुका लागी कफि खेती बारे तालिम सम्पन्न गरेको छ । भावना सहकारीको आयोजनामा शेयर सदस्यहरुका लागी आयोजना गरिएको १ दिने कफि खेती  तालिम सोमबार सम्पन्न भएको हो ।


तालिमको समापन गर्दै वडा नं. १८ का वडाध्यक्ष शिवप्रसाद  तिमिल्सिनाले तालिमबाट कृषक दाजुभाइ दिदिबहिनीहरुले आफ्ना कार्यक्रमहरुमा आफै कफि बनाउन सक्षम भएको विश्वास व्यक्त गर्दै कृषिबाट आर्थिक रुपान्तरणका  लागी वडा लागीपरेको बताउँदै अन्य आर्यआर्जनसँग सम्बन्धीत तालिमहरू पनि सञ्चालन गर्ने बताएका थिए ।पर्यटकिय वडा भएकाले थोरै लगानिमा धेरै उत्पादन लिन सकिने खेति कफि भएकाले सराङकोटको कफिको ब्राण्ड बनाउन पर्ने बताए ।


भावना सहकारीका अध्यक्ष बलराम कोइरालाले तालिममा सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै अरुलाई पनि सिकाउन आग्रह गरेका थिए । उनले सबैभन्दा धेरै कृषि क्रममा लागि पर्ने भावना सहकारी भएको दाबी गरें ।सराङकोटमा बाँदर लाग्ने हुदा कफि खेतिलाई बाँदरले नखाने हुदा उप्रयुक्त  खेती भएको बताए । 


यस्तै तालिमका संयोजक तथा सहकारीका कृषि उपसमिति संयोजक तिलक खडकाले तालिमबाट किसान  स्वयम सक्षम हुनुका साथै किसान  आर्थिक उपार्जनमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।


प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै अर्जुन थापाले तालिम उपयोगी भएको बताउँदै सिकेको सिपलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरे ।


वडा सदस्य कल्पना कार्की ढकाल, राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यलय कास्कीका निर्देशक  प्रवित्रा अधिकारी, दिपक थापा लगायतले मन्तव्य राखेको कार्यक्रम  सञ्चालन सहकारीका   सचिव मिनबहादुर थापाले गरेका थिए।


तालिममा  ४० जना सेयर सदस्यहरुको   सक्रिय सहभागिता रहेको थियो भने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड कास्कीका प्राविधिक नगेन्द सुबेदीले  प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

पोखरा:   पोखरामा मुख्यमन्त्रीको पिए हुँ भन्दै ठगी गरेको आरोपमा सुवास सुवेदीलाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले ठगी गरेको आरोप सुवेदीलाई काठमाडौंबाट प्रकाउ गरेको हो ।  सुवेदीले मुख्यमन्...

थप पढ्नुहोस्

गोरखा:   उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा...

थप पढ्नुहोस्

काठमाडौं:    अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । नगर प्रमुख सुरेश साह सोनार...

थप पढ्नुहोस्