पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु

पाेखरा | फागुन १५, २०८०

पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु

पोखरा:    सोमबारबाट पोखरामा नाटक ‘रिफण्ड’ मञ्चन सुरु भएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । 


परिवर्तनको निर्देशनमा मञ्चन सुरु भएको नाटक बुकिङ शो मार्फत फागुन ३० गतेसम्म हेर्न पाइनेछ । कक्षा ११ को अनिवार्य अंग्रेजी विषयमा समावेश गरिएको यो नाटक विद्यार्थी, शिक्षक, अभिभावक सहित नाटकपारखीका लागि उपयुक्त हुने जनाएको छ ।


पोखरा थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक पहिलो दिन सोमबार गन्धर्व नाटकघरमा दुई शो मार्फत मञ्चन भएको छ । पहिलो शो पोखरा आर्दश माविका विद्यार्थीलाई देखाइएको थियो । उनीहरुले नाटकमा कलाकारले गरेको अभिनयको प्रशंसा गरे ।


दोस्रो शो मार्फत पोखराका विभिन्न्न विद्यालयमा अध्यापनरत शिक्षक तथा सञ्चारकर्मीलाई देखाइयो । नाटकलाई थप परिमार्जन गर्न र विद्यार्थीलाई नाटक हेर्न उत्पेरित गर्ने उद्धेश्यले यो शो मार्फत मञ्चन गरिएको थियो ।


मञ्चन पश्चात नाटकलाई थप परिपक्क र आर्कषक बनाउन मञ्चन पश्चात अन्तरक्रिया समेत आयोजना गरियो । सहभागीले सम्रग विषयवस्तु नाटक टीमले गरेको मेहनतको खुलेर तारिफ गरे । नाटकले दिएको सन्देश, प्रस्तुती, विषयवस्तु, प्रयोग गरिएका सामाग्री समेतको बारेमा दर्शकले आ–आफ्नो धारणा राख्दै नाटकलाई थप आर्कषित बनाउनका लागि गर्न सकिने सुझाब समेत राखे । उनीहरुले कक्षा ११ मा अध्ययनरत विद्यार्थीको दृष्टिकोण र अपेक्षालाई आधार मान्दै सुझाब दिएका थिए ।


 नाटक विद्यार्थीको लागि उपयुक्त बनाउनका लागि नै मञ्चन गर्न लागिएको कारण यसरी सुझाब मागेर परिमार्जन गर्न खोजिएको निर्देशक परिवर्तनले खुलाए । उनीहरुका सुझाब सुनेपछि आएका केही सुझाबलाई सम्बोधन गर्ने प्रतिवद्धता निर्देशक परिवर्तनले जनाए ।


उनले नयाँ पुस्तामाझ नाटकलाई पु¥याउनका लागि पाठ्यक्रममा समावेश गरिएको विषयवस्तुमा नाटक मञ्चन गर्न थालिएको र त्यसले नयाँ पुस्तालाई नाटक प्रतिको आर्कषण बढाउन सफल भएको समेत बताए । यस अगाडि विद्यार्थीलाई लक्षित गरेर मञ्चन भएका एक चिहान, दुई नाटक, करेसा कन्र्सट लगायतलाई समेत विद्यार्थीले रुचाएको उनको भनाई थियो ।


निर्देशक परिवर्तनले कमेडी जनरामा निर्माण भएको  यो नाटकले सन्देश समेत बोकेकाले सबै दर्शककोे लागि उपयुक्त भएको बताए । ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षा भन्दा व्यवहारीक र सिपमुलक शिक्षामा जोड दिएको छ । नाटकले हाम्रो शिक्षा प्रणालीबारेमा बहस गर्दै सुधार गर्न सघाउने उनको विश्वास छ ।


नाटकमा रमेश बाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहीत पौडेल, आदित्य सुनार, ज्योती हमाल, सुसन पौडेल, रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । उनीहरुले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान तान्न सफल भएका छन् ।


नाटकलाई धेरैं दर्शकमाझ आर्कषक शैलीमा पु¥याउनका लागि प्रकाश संयोजनमा मिलन श्रेष्ठ, ध्वनी संयोजनमा रोहित पौडेल, प्रचारप्रसारमा प्रथम श्रेष्ठ, स्टेज निर्माणमा विकास अधिकारी, बक्स अफिसमा सुभेक्क्षा शर्मा, डिजाइनमा अनिषा खरेल र बजार व्यस्थापकमा रहेर प्रकाश पराजुलीले साथ दिएको थिएटरले जनाएको छ ।


सबै टीमको मेहनतका र नाटकप्रेमीको मायाको कारण मञ्चन सफल हुने अपेक्षा गरेको थिएटरका संस्थापक सदस्य दील प्रसाद गुरुङले बताए ।


बुकिङ शो मार्फत बिहान, दिउँसो र साँझमा नाटक मञ्चन हुनेछ । खुल्ला शो मार्फत भने नाटक फागुन २६ देखि ३० सम्म साझँ ५ बजे  हेर्न पाइनेछ । नाटक हेर्न विद्यार्थीको लागि २ सय र अन्यको लागि तीन सय र पाँच सय रुपैयाँ शुल्क लाग्नेछ ।


नाटक हेर्न इच्छुक विद्यालय तथा समुहगत दर्शकको लागि शो बुकिङ भैरहेको पोखरा थिएटरले जनाएको छ । नाटक मञ्चनलाई व्यवस्थित बनाउन मिडिया पार्टनरको रुपमा पब्लिक फोर के टेलिभिजन र इन्टरनेट पार्टनरको रुपमा वल्ड लिंकले सघाएकाछन् ।


पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आर्कषण समेत बढेको छ । पोखरा थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा समेत सञ्चालन भैरहेको थिएटरका अध्यक्ष समेत रहेका परिवर्तनले खुलाए । थिएटरले निरन्तर आयोजना गरिरहेको विद्यालय नाटक महोत्सवले समेतले पोखरा तथा समग्र गण्डकी प्रदेशका विद्यालयमा नाट्य गतिविधि बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्