टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपाल र नामिबिया खेल्दै
काठमाडाैं | फागुन १५, २०८०
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा मंगलबार नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार विहान ११:३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।
नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ । ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टि–२०आई टोलीमा छैनन् । प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन् ।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ । नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ । बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

