पोखरामा नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा भारतीय नागरिक प्रकाउ
पाेखरा | फागुन ३, २०८०
पोखरा: सार्वजनिक सवारी साधनमा हिड्ने यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गरेको आरोपमा पोखरामा भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ ।
यात्रुहरुलाई लुटपाट गर्ने मनसायले नशालु पदार्थ मिसावट गरेको लड्दुसहित प्रहरीले ४६ वर्षीय भारतीय नागरिक दिलिप पटेललाई फागुन १ गते प्रकाउ गरेको हो ।
भारतीय नागरिक पटेलले सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रकाउ गरेको हो ।
प्रकाउ परेका भारतीय नागरिक पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको १ प्याकेट लड्दुसमेत बरामद गरेको छ । प्रकाउ परेका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा ३ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

