पोखरामा बिटी कप जारी, आज ८ खेल सम्पन्न
पाेखरा | फागुन २, २०८०

पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।
बेलिजको जीतमा राकेश राईले ह्याट्रिक पूरा गरे भने दिपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे ।
क्लबका सचिव रेशम सापकोटाका अनुसार आज भएको दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतीकले १–० गोल अन्तरले हरायो । दिव्यज्योतीको जीतमा मन्जित थापाले निर्णायक गोल गरे ।
तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४÷१ गोल अन्तरले सहज जीत निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए ।
चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्याे । कमलपोखरीको जीतमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे ।
पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जीतमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशिष गुरुङले २ गोलको योगदान दिए ।
यसैगरी छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकी हेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।
रामघाट क्लब र गार्डेन एफसीबीच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउदै रामघाट दोस्रो चरणमा प्रवेश गर्याे ।
बुधबारपनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सम्पन्न हुने प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असो...
पोखरा: पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तराष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज&rsq...
झापा: गौरादह नगरपालिका–९, सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया...