भण्डारढिकबाट ८ जुवाडे ५७ हजार नगदसहित प्रकाउ
पाेखरा | माघ २५, २०८०
पोखरा: पोखराम महानगरपालिका–२९ भण्डारढिकमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले भण्डारढिकस्थित गीता पुनको घरमा जुवातास खेलिरहेका ८ जुवाडेलाई ३ बुक ताससहित ५७ हजार १ सय ९५ रुपैयाँसहित हिजो (बुधबार) प्रकाउ गरेको हो ।
जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दलबहादुर गुरुङ, ४० वर्षीय कुमबहादुर गुरुङ, भण्डारढिक बस्ने ३६ वर्षीय सितादेवी गुरुङ, ५७ वर्षीय तुलबहादुर पुन, ५६वर्षीय भुपाल गुरुङ, ४८ वर्षीय दुर्गा गुरुङ, पोखरा–२९ सैनिकबस्ती बस्ने ३३ वर्षीय शान्तामल्ल ठकुरी र पोखरा–३१ मोहरिया टोल बस्ने ३७ वर्षीय जिवन शाहीलाई प्रहरीले प्रकाउ गरेको हो ।
प्रकाउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

