सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडाैं | माघ ९, २०८०
काठमाडौं: सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका–२ घर भएका २४ वर्षीय भिमसेन भट्ट रहेका छन् ।
रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्बिर तथा श्रव्य–दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
भट्ट उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

