महोत्सवमा जातजातिको भेषभूषामा फोटो खिचाउनेको भिड
पाेखरा | पुस २९, २०८०
पोखरा: अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समिक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन । त्यसैगरी महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडि डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातीको भेषभूषा लगाइ फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो । महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा आइतबार समिक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने सांझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
सोमबार देखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिस्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ । त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए ।
महोत्सवमा माघ १ गते लोकदोहोरी तर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जिवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जिवन सिग्देल, दिपक कार्की, मञ्जु बिक, सुनिता नेपालीको प्रस्तुती रहनेछभने सांझको लाइभ ब्याण्ड तर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुती रहने छ ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

