मगर विद्यार्थी संघको गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानालाई

पाेखरा | पुस २९, २०८०

मगर विद्यार्थी संघको गण्डकीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानालाई

पोखरा:   नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिलिप रानामगरले पाएको छन् । रानामगर मगर विद्यार्थी संघ गण्डकीको उपाध्यक्ष हुन् । 


मगर विद्यार्थी संघ गण्डकीका अध्यक्ष डेक पुनमगरले स्वास्थ्य अवस्थाका कारण रानामगरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताए । 


‘स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको सल्लाह अनुसार केही समय आराम गर्न सल्लाह दिएकाले संस्थालाई चलायनमान र गतिशिल बनाउन तीन महिनाका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो’, अध्यक्ष पुनमगरले भने । 


उनले मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सांगठनिक गतिविधिहरु गरि थप मजबुत र चलायमान बनाउन कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरेका छन् । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्