रोटरी डिस्ट्रीक ३२९२ र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबीच प्रायोजकको सम्झौता

पाेखरा | पुस २९, २०८०

रोटरी डिस्ट्रीक ३२९२ र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबीच प्रायोजकको सम्झौता

पाखरा:   नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । 


आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । 


मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे ।

 

उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए । 


निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटरी सँगको समन्वय महत्वपूर्ण रहेको बताए । गुरुङले रोटरीको क्षेत्र फराकिलो भएकाले यसले म्याराथनलाई आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए । 


रोटरी डिस्ट्रीक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपुर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । 

 
उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिदा थप उचाई बढेको बताए । रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए । 


साथै रोटरीले आगामी फागुनमा पोखरामो सम्मेलन गर्न लागेको र देशभरका रोटरीयन पोखरा आउने भएकाले ठूलो समुह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिदैँ जाने उनको भनाई छ ।

 

उनले देशभर रहेका रोटरी क्लबहरुमा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए । 


मञ्चका द्धितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताए । उनले म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।
 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्