माछापुच्छ्रे गाउँपालिको मर्दी सूचना केन्द्रमा व्यवसायीले गरे तोडफोड
पाेखरा | पुस १५, २०८०
मर्दी पदमार्गमा सूचना केन्द्र शिलन्यास गर्दै, तस्वीर: फाइल
पोखराः: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले स्थापना गरेको सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड भएको छ । गाउँपालिकाले मर्दी पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न केही महिना अघि हुमालमा सूचना केन्द्र स्थापना गरेको थियो ।
सोही सूचना केन्द्रमा आज (आइतबार) बिहान केही होटल व्यवसायीहरुले तोडफोड गरेको गाउँपालिकाको प्रवक्ता गणेश आचार्यले बताए ।
‘गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रमा अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुसँग हामीले कार्यपालिका बैठकबाट नै शूल्क लिने निर्णयसहित कार्यान्वयनमा गएका छौं’, प्रवक्ता आचार्यले सुनगाभा न्यूजसँग भने,‘आन्तरिक तथा बाह्य पर्यटकहरुको सूचना संकलन गर्न दुई जना कर्मचारी सहित हामीले मर्दी हिमालको हुमालमा सूचना केन्द्र स्थापना गरेका छौं, त्यही सूचना केन्द्रमा आज केही व्यवसायीहरुले तोडफोड गर्नुभएको छ ।’
उनले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना र माछापुच्छ्रे गाउँपालिकाको संयुक्त साझेदारीमा मर्दी हिमाल पदमार्गको हुमालमा पर्यटक सुचना केन्द्र स्थापना गरिएको जानकारी दिए ।
यसैबीच सूचना केन्द्रमा केही व्यवसायीहरुले तोडफोड गरेपछि गाउँपालिकाले विज्ञप्ती निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको ‘नेपालको संविधान अनुसूची ८, स्थानीय सरकार संञ्चालन ऐन, २०७४, आर्थिक ऐन २०८० प्रचलित नियम कानूनको अधिनमा रहेर गाउँ पालिकाको बृहत्तर हितलाई ध्यान राखी गाउँ सभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानूनको ठाडो उल्लंघन भएको छ, कानूनी उपचारको उचित बाटो नलिई स्थानीय सरकारले नियमानुसार सञ्चालन गरेको कार्यमा अवरोध गर्ने निहित स्वार्थले प्रेरित व्यक्ति वा समुहलाई सार्वजनिक संरचनाको तोडफोड गर्दा सजायको भागिदार हुनुपर्ने व्यहोरा स्मरण गराउँदै यस्ता कार्यहरु नगर्न समेत आग्रह गरेको छ ।’

माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिका भित्र आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरेबापत शूल्क लिने निर्णय कार्यान्वयन गरेपछि गाउँपालिका र व्यवसायीहरुबीच विवाद बढ्दै गएको छ ।
गाउँपालिकाले सूचना केन्द्र स्थापनापछि पदमार्गमा अवस्थित होटल तथा लजहरुलाई सरोकारवालासंगको समन्वयमा कानुनी तवरबाट नै व्यवस्थित गरी करको दायरमा ल्याउने जनाएको छ ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

