दीपक परियारलाई लेखनाथ पत्रकारिता पुरस्कार
पाेखरा | पुस १०, २०८०
पोखरा: लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल र संस्थापक अध्यक्ष भीमपाणि बराल रहेको छनौट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनौट गरेको हो ।
डेढ दशकअघि जनदिशा राष्ट्रिय दैनिकबाट आफ्नो पत्रकारिता यात्रा थालनी गरेका परियारले त्यसयता गोरखापत्र दैनिकको लेखनाथ संवादाता, गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक, समाधान दैनिक, नेपाल खबर डटकम र अन्नपूर्ण पोस्ट दैनिकमा संवाददाताको रुपमा काम गरिसकेका छन् । विगत सात वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध उनी देशभरबाट उत्कृष्ट संवाददाताको रुपमा समेत पुरस्कृत भइसकेका छन् ।
उनले सामाजिक न्याय, सुशासन, मानवअधिकार, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विषयमा कलम चलाउँदै आएका छन् ।
पत्रकार महासंघ कास्कीको दुई कार्यकाल सदस्य र एक कार्यकाल सहसचिवका रुपमा जिम्मेवारी सम्हालेका उनी हाल राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट खेल पत्रकारिता पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीबाट उत्कृष्ट खेल पत्रकार अवार्ड, सहारा खेल पत्रकारिता पुरस्कार बाबा–आनन्द सञ्चार पुरस्कार, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, सुनास सुशासन पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् ।
२०६४ देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् ।
वि सं. २०७३ सालदेखि निरन्तर रुपमा ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेनाले प्राप्त गरिसकेका छन् ।
यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मुल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

