मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ

मुगु | पुस ८, २०८०

मुगुमा स्वास्थ्यकर्मीलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ सांकेतिक तस्बिर

काठमाडौँ:   मुगुको सोरु गाउँपालिका–९, खनैयाँमा कार्यरत स्वास्थ्यकर्मी तुलसाकुमारी विकमाथि जातीय भेदभाव गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीका अनुसार जातीय भेदभाव गरेको आरोपमा झापु शाही र धनबहादुर भट्टलाई पक्राउ गरिएको हो ।

 

शाही खनैयाँ स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमार शाहीकी आमा हुन् ।

 

उनको घरमा डेरा गरेर बसेकी तुलसालाई जात थाहा भएपछि जातीय भेदभाव गरेको र डेरा सरेर जान दबाब दिएको उनीमाथि आरोप छ । त्यस्तै, भट्ट स्थानीय व्यापारी हुन् ।

 

उनले सामान किन्न जाँदा तुलसाको जात सोधेको र विश्वकर्मा भन्ने थाहा पाएपछि सामान भुँइमै राखेर दिएर पैसासमेत भुँइमा राख्न लगाएर लिएको आरोप छ । शाही र भट्टलाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

 

दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघमा नियुक्ति लिएर खनैयाँ पुगेकी थिइन् ।

 

बैशाखमा घरधनीले जात थाहा पाएपछि त्यसयता डेरा सर्न दबाब दिएको र त्यसक्रममा गाउँले र गाउँपालिकाको शिक्षा शाखाका प्रमुख विरेन्द्र मल्लबाट यौन दुव्र्यवहार समेत भएको उनको आरोप छ । तर उनले त्यसको विरुद्धमा कानूनी लडाइँ लड्ने साहस समेत गरेकी थिइनन् ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्