लेखनाथमा 'क्लासमेटलाई ब्ल्याकमेल', १६ वर्षीय युवक पक्राउ

पाेखरा | मंसिर २२, २०८०

लेखनाथमा 'क्लासमेटलाई ब्ल्याकमेल', १६ वर्षीय युवक पक्राउ

पोखरा:   कास्की प्रहरीले नक्कली फेसबुक आइडीमार्फत ब्ल्याकमेल गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका २७ का १६ वर्षीय युवक रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार ति युवकले पोखरा महानगरपालिका २७ कै युवतीलाई (एउटै स्कुलमा अध्ययन गर्ने) सोही उमेरकै युवतीलाई नक्कली फेसबुक आईडी (फेक आइडी) बनाएर ति युवतीको फोटो र भिडियोहरुलाई अश्लील बनाएर सामाजिक संजालमा पोष्ट गरिदिने र आफन्तलाई पठाइदिने भन्दै धम्की दिएका थिए ।  

 

विभिन्न डर धम्कीसँगै ब्ल्याकमेल गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

युवकको साथबाट २ थान मोबालसमेत बरामद गरेको छ ।  पक्राउ परेका युवकलाई विद्युतिय कारोबार ऐन कसूर अन्तर्गत (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट दिन ५ म्याद थप थप अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्