बेलायत पुगेको चार दिनमै कमलाको मृत्यु

पाेखरा | मंसिर १९, २०८०

बेलायत पुगेको चार दिनमै कमलाको मृत्यु

पोखरा:   स्याङ्जाको विरुवा गाउँपालिका–४ ओरेस्टेकी घर भएकी कमला गुरुङको बेलायतमा मृत्यु भएको छ ।  विद्यार्थी भिसामा चार दिन अगाडिमात्र बेलायत पुगेकी गुरुङको मृत्यु भएको हो । 


गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरका अनुसार उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेकी थिइन् ।


उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।


उनको निधनबारे परिवारलाई खबर गरिसकेको पनि उनले उल्लेख गरेका छन् ।

म्याग्दी:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्