बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन

पाेखरा | मंसिर १६, २०८०

बेगनासतालमा मोटरबोट बन्द गर्न महानगरको निर्देशन Photo: Sanjeev Ghimire

पोखरा:   पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ । 


पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार पत्र लेख्दै बेगनासतालमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न निर्देशन दिएका हुन् । 


पत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका–३१ स्थित बेगानातालमा समितिबाट मोटरबोट सञ्चालन गर्दा अन्य ढुङ्गा व्यवसायमा असर पु¥याएको, माछा लगायतका चलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, ढुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेशामा प्रभाव पारेको, ध्वनी प्रदुषण भएको तथा विना अनुमति मोटरवोट सञ्चालन गरेको भनी वेगनासताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवाल वासिन्दाहरुबाट पटकपटक गुनासो आएकोले वेगनासतालमा मोटरवोट सञ्चालनमा कार्य शिघ्र बन्द गर्नु गराउनुहुन जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’


बेगनासतालमा मोटरबोट बन्द भएको÷नभएको अनुगमन गरी जानकारी दिन पोखरा महानगरपालिका–३१ वडा कार्यालयलाई समेत निर्देशन दिएको छ ।


बेगनासतालमा करिव ६ महिना अगाडि बेगनासताल डुंगा व्यवसायी समितिले ५० लाखमा मोटरवोट खरीद गरेर सञ्चालनमा ल्याएका थिए ।

 


 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्