डिआईको ठक्करबाट पैदल यात्रुको मृत्यु

काभ्रेपलाञ्चोक | मंसिर १६, २०८०

डिआईको ठक्करबाट पैदल यात्रुको मृत्यु सांकेतिक तस्वीर

काभ्रेपलाञ्चोक:  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

 

शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 


सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिबार बिहान अन्दाजी ६:१० मा उक्त डिआईएले ठक्कर दिएको थियो ।

 

डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्