आर्मी केपी ओली कप टी-२० क्रिकेटको फाइनलमा
पाेखरा | मंसिर १४, २०८०
Photo: Bijay Nepali
पोखरा: पोखरामा जारी केपी ओली कप टी– २० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बागमती प्रदेशले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले । उनले ३५ बलमा ३९ रन जोडे । सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे
कुशल मल्लले ८ बलमा २७ रन जोडे । विनोद भण्डारीले २५, सन्तोष कार्कीले ७, बसिर अहमदले ५ र रोहित पौडेल शून्य रनमा आउट भए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले ११ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाएका थिए।
कप्तान लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिएका थिए ।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादबले १ विकेट लिएका हुन् ।
आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बिचको विजेतासंग खेल्नेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

