राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउँदै

पाेखरा | मंसिर १२, २०८०

राष्ट्रिय माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउँदै

पोखरा:  पोखरा महानगरपालिका–१ टुडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले मंसिर २० गते प्रभातफेरी ¥यालीसहित हीरक महोत्सव मनाउने भएको छ । 


विं.स. २००६सालमा पब्लिक मिडिल स्कुलको नाममा स्थापना भएको राष्ट्रिय माविले मंसिर २० गते हीरक महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले बताए । 


‘राष्ट्रिय माविको स्थापना वि.स.२००६ साल मंसिर २० गते हालको पोखरा महानगर–३ नारायणस्थान नदीपुरमा पव्लिक मिडिल स्कुलबाट भएको थियो’, अध्यक्ष राणाले भने, ‘यो वर्षलाई हामीले हीरक महोत्सवको रुपमा मनाउँदै छौं ।’


व्यवस्थापन समितिका अध्यक्ष राणाले २००६ सालमा विद्यालयको शिलान्यास भएको स्थानबाट राष्ट्रिय माविको प्रांगणसम्म प्रभातफेरी ¥याली निकाल्ने समेत बताए ।


राष्ट्रिय माविले हीरक महोत्सव मनाउन विद्यालय व्यवस्थापनसमितिका अध्यक्षको अध्यक्षतामा १००१ सदस्य मूल आयोजक समिति, ४१ सदस्यीय कार्य सम्पादन समिति, १५ सदस्यीय उचित मार्ग दर्शनका लागि सल्लाहकार समिति चयन गरिएको छ । 


हीरक महोत्सवमा करिव ६० लाख आम्दानी, ५० लाख खर्च हुने अनुमान गरिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद सापकोटाले बताए । 


विद्यालयमा ४९ जिल्लाका करिव १ हजार ५ सय विद्यार्थीहरु अध्ययरत रहेको बताइएको छ भने, ५७ जना शिक्षक कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ । 
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्