जाने होइन त गन्धर्व नाटकघर ? मञ्चन भइरहेछ ‘एक चिहान’
पाेखरा | मंसिर १२, २०८०
पोखरा: पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को अनिवार्य नेपाली पुस्तकमा एउटा उपन्यास समावेश गरेको छ, ‘एक चिहान’ ।
पढेर आनन्दित हुनेहरुले अब दृश्य हेरेर धुरुधुरु रुन र खित्का छाडेरै हाँस्न पाइने भएको छ ।
साहित्यकार हृदय चन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ को औपचारिक मञ्चन आज (मंगलबार) बाट थालिएको छ ।
निर्देशक परिवर्तनका अनुसार विद्यार्थीहरुका लागि अध्ययनमा सघाउ पुग्ने उद्देश्यसहित नाटक मञ्चन थालिएको हो ।

आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा विद्यालयहरुको बुकिङका आधारमा निरन्तर मञ्चन हुने निर्देशक परिवर्तनले जानकारी दिए ।
यद्यपी अन्य दर्शकहरुलेपनि व्यक्तिगत रुपमा तिनै शोमा नाटक हेर्न पाउँनेछन् ।
नाटक शनिबार बाहेक बिहान ८ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे मञ्चन नाटक मञ्चन हुनेछ । करिब १ डेढ घण्टा अवधिको उक्त नाटकमा गरीब, किसान र मजदुरको जीवनीलाई प्रत्यक्ष नियाल्न पाइन्छ ।
यथार्थवादी एक चिहान नाटक गरिबीको परिवेशमा साढे १ घण्टा घुम्छ । जसलाई रोचक बनाउन हाँस्यव्यङ्ग्य र प्रेमकथालाई पनि स्थान दिइएको छ ।
सुक्कसुक्क रुनेहरुलाई डाक्टरको क्यारेक्टरले खित्का छाड्न बाध्य तुल्याउँछ ।

विशेषगरी नेवारी समुदायको पारिवारिक परिवेशमा घुमिरहने नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतिक घिमिरे, शुशिल बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

