पोखरामा अनुमति विना रुख काट्ने दुई व्यवसायीलाई जरिवाना

पाेखरा | मंसिर १२, २०८०

पोखरामा अनुमति विना रुख काट्ने दुई व्यवसायीलाई जरिवाना

पोखरा:   पोखरा महानगरपालिका वडा नं८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना गरिएको छ । 


फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई रु.१५ हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो । 


महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु.५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा  फूलका बिरुवाहरू लगाएको छ ।


सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गर्नुभएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गर्नुभएको हो ।

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासश...

थप पढ्नुहोस्