भारतबाट ल्याइएका ७ वटा मुर्रा राँगा पोखरा आइपुगे

पाेखरा | मंसिर ९, २०८०

भारतबाट ल्याइएका ७ वटा मुर्रा राँगा पोखरा आइपुगे

पोखरा:  भारतले अनुदानमा दिएको १५ मुर्रा राँगा ७ वटा पोखरा आइपुगेका छन् । नेपालले पाएका १५ राँगामध्ये पोखरालाई ७ वटा पोखरा आइपुगेका हुन् ।


पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ७ वटा राँगा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा ल्याएको हो । 


सबै राँगा करिब १ महिना क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै वीर्य सङ्कलनमा लगिने कार्यालय प्रमुख डा.जगदीश पाण्डेले बताए ।  उन्नत जातका मुर्रा राँगोबाट एकै पटकमा ३ सय डोज हाराहारी वीर्य सङ्कलन हुन्छ । १ वर्षमा १५ देखि २० हजार डोज सङ्कलन हुने पाण्डेको भनाई छ ।


‘यो निकै नै उन्नत जातको राँगो हो । नेपालमा अहिले भइरहेका भन्दा निकै उन्नत,’ उनले भने, ‘नेपालमा भएका मुर्राबाट क्रस गराउँदा जन्मिने भैँसीले एक बेतमा एभरेज १५ सय केजी दूध उत्पादन हुन्छ । यो राँगाबाट क्रस गराउँदा ३ हजार केजी भन्दा बढी दूध उत्पादन दिन्छ ।’ 


नश्ल सुधारमा कार्यालयले उल्लेख्य काम गरेको छ । हाल बर्सेनि ७ लाख पशु वस्तुमा कृत्रिम गर्भाधान यही फार्मबाट सङ्कलन गरिएको वीर्यबाट हुन्छ । कृत्रिम गर्भाधान गराइएका पशु वस्तुको गर्भ रहने सम्भावना ६० प्रतिशत भन्दा बढी हुन्छ । यहाँ सङ्कलन गरिएका वीर्य देशैभर सप्लाई हुन्छ ।


पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ । प्राप्त भएका १५ राँगा मध्ये ७ वटा पोखरा आएको छ भने ५ वटा लहान र ३ वटा नेपालगन्जमा राखिएको छ ।

पोखरा:   ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको छ ।  अन्नपूर्ण सेन्चूरी पर्यटन समितिको आयोजना त...

थप पढ्नुहोस्

पोखरा:   व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ ।      लुम्लेस्थित कृषि अनुन्...

थप पढ्नुहोस्

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको बैठकमा उनले लिएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शुन्य मत परेको...

थप पढ्नुहोस्