माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे
दाङ | मंसिर ४, २०८०

दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।
दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४ नम्बरका मोटरसाइकल ठाेक्किएका हुन् । दुर्घटनामा रा ७ प ६५५४ नम्बरको मोटरसाइकलका चालक २८ वर्षीय अमृत केसीको ज्यान गएकाे छ ।
उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गएराति ज्यान गएकाे हाे ।
यस्तै, अर्काे माेटरसाइकलका चालक दिनेश बुढाथोकी र पछाडि बसेका कमल केसी घाइते भएका प्रहरीले जनाएकाे छ । उनीहरुकाे उपचार भइरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...