एउटै घरबाट सुरु भएको थियो बाँकेको गाभरभ्याली होमस्टे (फोटो फिचर)
बाँके | असार १०, २०७९

बाँके : बाँकेको बैजनाथ गाउँपालिका १ गाभरभ्यालीमा विगत ९ वर्षदेखि सामुदायिक घरबास संचालन हुँदै आएको छ ।
कोहलपुरदेखि करिब साढे ८ किलोमिटरको दुरीमा अवस्थित सो होमस्टेको सुरुवात कृष्ण चौधरीले २०७० सालमा एक्लै गरेका थिए । अहिले २५ घर समितिमा आवद्ध भई सेवा प्रदान गर्दै आएका होमस्टे संचालक रमेश प्रसाद जैसीले बताए । उनका अनुसार एक रात घरबास सुविधाको लागि प्रतिव्यक्ति १५ सय देखि २ हजार खर्च हुने गर्छ ।
समितिमा दर्ता भएपनि होमस्टेले प्रदान गर्ने सेवा सुविधाको आधारमा शुल्क तिर्नुपर्ने जैसीले बताए । उनका अनुसार चौधरी, ब्राह्मण र क्षेत्री लगायतका समुदायले होमस्टे संचालन गर्दै आएका छन् । गाभरभ्याली सामुदायिक होम्स्टेमा पोखरा, बुटवल, काठमाडौं, रुपन्देही लगायतको स्थानबाट पाहुनाहरु आउँने गर्दछन । हेरौं तस्वीरहर :
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...