तबसुनको हत्या आरोपमा ३ जना पक्राउ
काठमाडाैं | मंसिर २, २०८०

सर्लाही: हरिवन नगरपालिका-११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका-११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...