पोखरामा ‘क्रश–कन्ट्री कम्पिटिशन’, चार्टर्ड उडानमा आउँदैछन् चिनियाँ खेलाडी

पाेखरा | मंसिर २, २०८०

पोखरामा ‘क्रश–कन्ट्री कम्पिटिशन’, चार्टर्ड उडानमा आउँदैछन् चिनियाँ खेलाडी सांकेतिक तस्बिर

यही मंसिर ९ गते पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ हुने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदकारुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । 

 

प्रतियोगितामा सहभागीले दौड, साइक्लिङ् र डुंगा रेस गर्नेछन् । जसमध्ये समूह र व्यक्तिगत स्पर्धामा खेल विभाजन गरिएको छ । समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

 

त्यस्तै, स्पर्धामा दोस्रो, तेस्रो र चौथो र पाँचौलाई पनि नगद पुरस्कार राखिएको छ । व्यक्तिगतमा भने दशौं स्थानलाई पनि ९ हजार रुपैयाँ तोकिएको छ । 

 

विशेषतः नेपाल र चीनबीच खेल एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल गरी १ सय १४ जना पोखरा आउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जनाए । उनीहरु ७ गते पोखरा विमानस्थलमा चार्टर्र्ड उडानमार्फत उत्रने उनले बताए । 

 

संयोजक पालिखेकाअनुसार प्रतियोगिता आयोजनार्थ १९ जना प्राविधिक यूनानबाट आउनेछन् । प्रतियोगितामा पुरस्कार राशी अनुमानित २० लाख रुपैयाँ हुने बताउँदै पालिखेले आयोजना खर्च करिब ८० लाख रुपैयाँ हुने जानकारी दिए । 

 

प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् । 
 

 

यसैगरी, सहआयोजकमा युनान माउन्टेनरिङ् एण्ड आउटडोर स्पोर्टस् एशोसियशन, चीन र पोखरा होटल एशोसिएशन रहेको छ । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्लगायत चीनको कुन्मिङस्थित विभिन्न संस्थाले सहयोग गर्नेछन् । 
 

 

स्थानीयलाई समावेश गर्न ‘ह्याप्पी रन’को समेत आयोजना गरिएको प्रतियोगितामा ६ सय हाराहारीमा खेलाडी समावेश हुने आयोजकको अपेक्षा छ । प्रतियोगितालाई शक्तिवद्र्धक पेय ‘वार हर्स नेपाल’ले प्रायोजन गर्नेछ । 


 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्