पोखरामा ‘क्रश–कन्ट्री कम्पिटिशन’, चार्टर्ड उडानमा आउँदैछन् चिनियाँ खेलाडी

पाेखरा | मंसिर २, २०८०

पोखरामा ‘क्रश–कन्ट्री कम्पिटिशन’, चार्टर्ड उडानमा आउँदैछन् चिनियाँ खेलाडी सांकेतिक तस्बिर

यही मंसिर ९ गते पोखरामा ‘पोखरा इन्टरनेशनल माउन्टेन क्रस–कन्ट्री कम्पिटिशन’ हुने भएको छ । पोखरालाई अन्तर्राष्ट्रिय खेलकुदकारुपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । 

 

प्रतियोगितामा सहभागीले दौड, साइक्लिङ् र डुंगा रेस गर्नेछन् । जसमध्ये समूह र व्यक्तिगत स्पर्धामा खेल विभाजन गरिएको छ । समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

 

त्यस्तै, स्पर्धामा दोस्रो, तेस्रो र चौथो र पाँचौलाई पनि नगद पुरस्कार राखिएको छ । व्यक्तिगतमा भने दशौं स्थानलाई पनि ९ हजार रुपैयाँ तोकिएको छ । 

 

विशेषतः नेपाल र चीनबीच खेल एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको प्रतियोगितामा चीनको यूनान प्रान्तबाट खेलाडी र अफिसियल गरी १ सय १४ जना पोखरा आउने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले जनाए । उनीहरु ७ गते पोखरा विमानस्थलमा चार्टर्र्ड उडानमार्फत उत्रने उनले बताए । 

 

संयोजक पालिखेकाअनुसार प्रतियोगिता आयोजनार्थ १९ जना प्राविधिक यूनानबाट आउनेछन् । प्रतियोगितामा पुरस्कार राशी अनुमानित २० लाख रुपैयाँ हुने बताउँदै पालिखेले आयोजना खर्च करिब ८० लाख रुपैयाँ हुने जानकारी दिए । 

 

प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् । 
 

 

यसैगरी, सहआयोजकमा युनान माउन्टेनरिङ् एण्ड आउटडोर स्पोर्टस् एशोसियशन, चीन र पोखरा होटल एशोसिएशन रहेको छ । प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्लगायत चीनको कुन्मिङस्थित विभिन्न संस्थाले सहयोग गर्नेछन् । 
 

 

स्थानीयलाई समावेश गर्न ‘ह्याप्पी रन’को समेत आयोजना गरिएको प्रतियोगितामा ६ सय हाराहारीमा खेलाडी समावेश हुने आयोजकको अपेक्षा छ । प्रतियोगितालाई शक्तिवद्र्धक पेय ‘वार हर्स नेपाल’ले प्रायोजन गर्नेछ । 


 

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्