पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, १६ लाख ८२ हजार बरामद

काठमाडाैं | कात्तिक २९, २०८०

पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ, १६ लाख ८२ हजार बरामद

काठमाडौँ:  नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।

 

हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले बताए ।

 

ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पक्राउ परेकाहरुलाई जावलाखेलस्थित जिल्ला प्रहरी परिसर, ललितपुरमा राखिएको छ । 

 

पक्राउ पर्नेमा पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु छन् । यो खबर राटोपाटीमा प्रकाशन भएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्