बागलुङमा अवैध हतियार बरामद
बाग्लुङ | कात्तिक २३, २०८०
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी मौरीभिरको ओडारमा रहेको ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए ।
‘ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुले मौरीभिरको ओडारमा भरुवा बन्दुक भएको जानकारी दिए थिए’, डीएसपी केसीले भने, ‘स्थानीयहरुको सूचनाको आधारमा मौरीभिरको ओडारबाट ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर बरामद गरेका छौं ।’
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...
पोखरा: जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...
पोखरा: त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो...

