बागलुङमा अवैध हतियार बरामद

बाग्लुङ | कात्तिक २३, २०८०

बागलुङमा अवैध हतियार बरामद

बागलुङ:   बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंहकिटेनी मौरीभिरको ओडारमा रहेको ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर प्रहरीले बरामद गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले मंगलबार ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुको सूचनाको आधारमा उक्त हातहतियार फेला पारी बरामद गरेको बताए ।


‘ईलाका प्रहरी कार्यालय भिमगिठेबाट गस्ती गर्दै गरेको प्रहरीलाई स्थानीयहरुले मौरीभिरको ओडारमा भरुवा बन्दुक भएको जानकारी दिए थिए’, डीएसपी केसीले भने, ‘स्थानीयहरुको सूचनाको आधारमा मौरीभिरको ओडारबाट ३ थान एकनाले भरुवा बन्दुक र १ थान बाह्रबोर बरामद गरेका छौं ।’


 

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्