लुम्बिनी सरकारले भूकम्प प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
बुटवल | कात्तिक १८, २०८०
बुटवल: लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।
उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ ।
यसअघि सुदुरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै बुद्ध एयरले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको छ ।
साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

